टिकट नपाएको झोकमा अरु पार्टी रोज्दिनः खड्का
पाेखरा | मंसिर १, २०७९
पोखराः गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रीबाट हटाइएका कुमार खड्काले पार्टीले टिकट नदिएपनि नेपाली कांग्रेस नछोड्ने बताएका छन् ।
आज (बिहिबार) पोखरामा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नछोड्ने बताएका हुन् । ‘पार्टीको क्रियाशिल सदस्यता लिएर प्रवास गएका साथीहरुले वडा अध्यक्षको टिकट पाएका छैनन्, ‘नेपाली कांग्रेसले एउटा कार्यकर्तालाई ठुलो गुण लगाएको छ, उनले भने, ‘प्रदेशसभाको सदस्य बनायो । लेखासमितिको संयोजक बनायो । प्रदेशको मन्त्रीको बनायो टिकट नपाएपनि अरु पार्टी प्रवेश गर्दिन । र गठबन्धनका नेता जिताउन लागि पर्छु ।’
आयोगले जारी गरेका आचासंहिता विपरित चुनावी सभा उपस्थित हुन नसकेको पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री खड्काले स्पष्ट पारे ।
‘जनताको सेवामा खटिन्छु भनेर कसम खाएको छु । निर्वाचन आयोगले मंसिर ४ गतेसम्म आचारसंहिता विपरित पार्टीको कार्यक्रममा उपस्थित नहुन आचारसंहिता जारी गरेको छ, खड्काले भने, ‘ त्यसकारण आचारसंहिता विपरित गठबन्धनको कार्यक्रममा उपस्थित नभएको हो । उम्मेदवारलाई असहयोग गरेको आरोप निराधार हो ।’
उनले निर्वाचन आयोगमा गठबन्धनको कार्यक्रममा उपस्थित हुन पत्र लेखेका थिए । तर उक्त पत्रमा मिति, समय, स्थान तथा कार्यक्रमको विस्तृत जानकारी नखुलेको बताउदै आयोगले अनुमति दिएको थिएन ।
सोही कारण खड्का गठबन्धनको कुनै पनि कार्यक्रममा सहभागि हुन नसकको सुनाए । यद्यपी अब पदमुक्त भएपछि भने गठबन्धनको उम्मेदवारलाई सहयोग गर्ने जनाएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

